प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

डिसी नेपाल
१४ असोज २०८० १२:१६
200
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साढे १२ बजे बस्ने प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

बैठकमा सुन तस्करी छानविन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएकाे छ। आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामंगलमा करिब ६१ किलो सुन बरामद भएको थियो। आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ।

बैठकमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलगायत बिषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण भएकाले त्यसबारे पनि छलफल हुने बताइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *