गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
१५ असोज २०८० १२:३८
64
Shares

खोटाङ। गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ।

खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका उनको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको हो ।

दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन्।

अर्जुन खड्काले सम्पादन गरेका उक्त म्युजिक भिडियोको निर्देशन राजु श्रेष्ठले र कोरियोग्राफी मनोज तामाङले गरेको गायक मगरले जानकारी दिए।

रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहेका उनको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँजस्ता गीति सङ्ग्रह बजारमा ल्याइसकेका छन्।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका गायक मगर काठमाडौँ लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कूल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *