नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न अपिल

डिसी नेपाल
१६ असोज २०८० १४:२६
68
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम  राख्न अपिल गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै जवराले बाँकेको नेपालगञ्जमा कर्फ्यू लगाउनुपर्ने अवस्था आएको भन्दै त्यस्ता घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराए।

उनले नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलाउन कुराको जड मोवाइल भएको भन्दै यसमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। उनले हिंसा फैलाउन खोज्नेमाथि कारवाही गर्न माग गरे।

उनले नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेकाले शान्तिसुरक्षा र सदभाव कायम राख्न संयम भएर लाग्न अनुरोध गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *