कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

डिसी नेपाल
२० असोज २०८० १६:०३
280
Shares

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजिनामा दिएका छन्।

सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजिनामा दिएका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले पदीय जिम्मेवारी लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान बमोजिम आज विश्वासको मत लिन लागेका थिए ।

तर, दलहरुबीच सहमति जुटन नसकेको र बिश्वासको मत लिन आवश्यक मत नपुग्ने भएपछि विश्वासको मत लिनु अघि नै उनले राजिनामा दिएका हुन्।

९३ सदस्यीय प्रदेशसभामा एमालेको ४० सिट छ। राप्रपाले मत नदिने आधिकारिक निर्णय गरेपछि आफ्नो दल नेकपा एमालेका सांसदबाहेक अरु कसैको साथ नपाउने भएपछि उनले राजीनामा दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *