लाओससँग खेल्न नेपालकाे तयारी पूरा
काठमाडाैं। विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले बिहीबार लाओससँग प्रतिष्पर्धा गर्दैछ। खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंशालामा बिहीबार साँझ साढेपाँच बजे सुरु हुने छ।

उक्त खेलका लागि सम्पूर्ण तयारी गरिसकेको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन्। खेलअघि बुधबार ललितपुरमा आयोजित प्रिम्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले पहिलो विश्वकप छनोट नेपालका लागि अवसर भएको बताए।

उनले खेलमा राम्रो नजिता ल्याउनका लागि शत प्रतिशत दिने प्रयास गरेको बताए। खेलका लागि राम्रो ट्रेनिङ भएको र खेलाडीहरु पनि फिट रहेको उनले बताए।

त्यस्तै राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पहिलो चरणको खेलका लागि अहिलेसम्मको लामो ट्रेनिङ भएको बताए। उनले विश्वकप छनोट चरणको खेललाई सफल बनाउन खेलप्रेमिहरुले साथ दिनुपर्ने उल्लेख गरे।

यस्तै लाओसका प्रशिक्षक तथा खेलाडीहरुले पनि राम्रो तयारी गरेकाले नजिता पनि राम्रै आउने दावी गरेका छन्। लाओससँगको खेलमा विजयी भएमा नेपाल विश्वकम छनौटको दोस्रो चरणमा प्रवेश गर्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment