मनाङ एअरको हेलिकप्टर दुर्घटना
काठमाडाैं। मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ। ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।
हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी सुरक्षित रहेका मनाङ एअरले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरमार्फत राजधानीको ह्याम्स हस्पिटल ल्याउन लुक्ला पुर्याइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment