दशैंमा गाउँ फर्किनेको संख्या बढ्दो
काठमाडाैं। बडादशैंका अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरु बढेसँगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधानको चाप बढेको छ।
जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ। उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो।
अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढी छ , यो क्रम फूलपातीसम्म जारी रहने देखिएको छ। घर फर्कनेको पाँच बढेपछि सहज रुपमा सवारी साधन नपाउने, बढी भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगाएतका समस्या दिएर सर्वसाधारण आउने गरेको नागरिकता सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरुले बताएका छन्।
सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरु बसेर बढी भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन्। कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु दशैंमा घर फर्कने गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment