एनआरएनएको अध्यक्षमा डा.केसी विजयी, हार अस्वीकार गर्नेहरुको सोल्टीमा रडाको

डिसी नेपाल
३ कार्तिक २०८० २:००
9.8k
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्रि केसी निर्वाचित भएका छन्।

काठमाडौंको सोल्टी होटलमा भएको मतदान र मतगठनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जापानका महेशकुमार श्रेष्ठलाई पराजित गर्दै डा.केसी विजेता घोषित भएका छन्। अध्यक्षमा तीनजना प्रतिष्पर्धी थिए।

त्यसैगरी रोजिना प्रधान राई, डा.निर्मल श्रेष्ठ, डा.हेमराज शर्मा, रामशरण सिंखडासहितले उपाध्यक्ष पद जितेका छन्। संघको महासचिवमा अमेरिकाका गौरी जोशीले जित हात पारे। उनका निकटतम प्रतिष्पर्धी अमेरिकाबाटै बुद्धि सुवेदी थिए।

तीन मुख्य समूह भएर चुनाव लडेका गैरआवासीय नेपाली संघका अभियन्ताहरुमा पराजय भोगेका कतिपयले अहिले सोल्टी होटलमा हार अस्वीकार गर्दैै अभिव्यक्तिहरु सार्वजानिक गरेका छन्।

विशेषत नेपाली कांग्रेस पार्टीका तर्फबाट आधिकारिक उम्मेद्वारहरु बनाएका अध्यक्ष, महासचिवसहित कतिपय पदाधिकारीमा हार व्यहोरेपछि हार स्वीकार गर्न आनाकानी गरेका हुन्।

समाचारअनुसार, अमेरिकाबाट उपाध्यक्ष पदमा उठेर पराजित भएका डा.केशब पौडेलसहितले निर्वाचन परिणाम अस्वीकार गर्दै माफियाको प्रभाव परेको आरोप लगाएका छन्।

त्यसैगरी सो समूहबाट जितेकाहरुमध्ये केहीले पनि जितलाई अस्वीकार गरेको बताएका छन्। हार र जितलाई सहज स्वीकार्न नसक्ने अवस्थाले फेरि एनआरएनएमा रडाको शुरु हुने भएको छ। अस्वीकार गर्ने समूहले निर्वाचन प्रक्रियाबारे व्यापक छानविन हुनुपर्ने माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *