काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको भीड
काठमाडाैं। फूलपातीको अघिल्लो दिन पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्नेको भीड लागेको छ। काठमाडौंको न्युरोड, असन, इन्द्रचोक लगाएतका क्षेत्रमा शुक्रबार पनि किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ।
ग्राहकको भीडभाडसंगै यस बर्ष व्यपारमा केही उत्साह देखिएको व्यापारीहरुले जनाएका छन्। दशैंका लागि व्यापारीहरुले ग्राहकलाई आकर्षित गर्न छुटको अफर पनि दिएका छन्।
काठमाडौंको असन, इन्द्रचोकमा नुनदेखि सुनसम्म पाइने भएकाले पनि चाडपर्वका बेला सो क्षेत्रमा सर्वसाधारणको भीड लाग्ने गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment