महासचिव गुटेरेस लुम्बिनीमा (तस्वीरसहित)

डिसी नेपाल
१४ कार्तिक २०८० १३:००
96
Shares

भैरहवा। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी व्यस्त छन्। महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओर्लिएका थिए भने त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी आइपुगेका हुन्।

महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका छन्। पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइका कारण दुई घण्टा ढिलाे मात्र लुम्बिनी आइपुगेका थिए।

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै मंगलबार बिहानैबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणलाई रोकिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ।

लुम्बिनीमा सीमित पत्रकारहरुलाई मात्र प्रवेशका लागि पास उपलब्ध गराइएको छ। नेपाली सेनाले सुरक्षाको जिम्मा लिएकाले विकास कोषले पनि सबैलाई रिपोटिङका लागि पास दिन नसकेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.