संसदमा गुटेरेसको सम्बोधन– अन्य नेताहरुले के भने ?

डिसी नेपाल
१४ कार्तिक २०८० १९:५९
112
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शान्ति प्रक्रियाका बारेमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले खासगरि शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायसंग जोडिएको बिषयमा नेपालकै पहलकदमीमा अघि बढाउने र समाधान गर्ने विषयमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका हुन् ।

त्यस्तै जलवायु परिवर्तनका कारण नेपालमा परेको असरलाई विश्वसामू उठाउने विषय पनि निकै सकारात्मक रहेको उनले बताए। उनले सम्पन्न देशले जलवायु परिवर्तनको असरको प्रभावको जिम्मा लिनुपर्ने, विश्व शान्तिका लागि नेपालको भूमिकाको प्रसंसा हुनु खुसीको कुरा भएको जिकिर गरे ।

त्यस्तै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रसंघका महासचिवले संसदमा गरेको सम्बोधनले नेपाललाई विश्वसामू थप उजागर गर्न मद्दत पुग्ने बताए । संविधान निर्माण, शान्तिप्रक्रिया लगाएतमा राष्ट्रसंघका महासचिवले गरेको प्रसंसाले अन्तराष्ट्रिय जगतमा नेपाललाई उपलब्धी हासिल गर्न सहज हुने उनले बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता बर्षमान पुनले राष्ट्रसंघका महासचिवको सम्बोधनले नेपालको मौलिकतामा शान्तिप्रक्रिया अघि बढाउन सहज हुने र आगामी दिनमा शान्तिप्रक्रिया टुङ्गाउन प्रोत्साहित गरेको बताए ।

त्यस्तै उनले जलवायु परिवर्तनले नेपाललाई पारेको असर विश्वमा जानकारी गराउन राष्ट्रसंघका महासचिवको सम्बोधन उल्लेखनीय रहेको धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.