जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्छ : लामिछाने

डिसी नेपाल
१५ कार्तिक २०८० १८:२२
80
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्ने बताएका छन् ।

बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताएका हुन् । उनले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरु छलफलमा जुट्नुपर्ने बताए ।

उनले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई विचार र एजेण्डाका आधारमा नयाँ भएको जिकिर गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.