फागुन १ मा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएकाे छ ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै पौडेलले सरकारका कारण संसद्को चालु अधिवेशन प्रभावकारी नभएको र सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको आरोप लगाए।
उनले सदमा सांसदहरूले उठाएको आवाजको जवाफ सरकारले दिन नचाहेको दाबी गरे। पौडेलले सम्वाद सहमति र सहकार्य राम्रो कुरा भएपनि प्रतिपक्षीका जायज आवाजहरुलाई दमन गरेर सरकारले सम्वाद सहमति र सहकार्यको खिल्ली उडाएको बताए।
जनयुद्धलाई राष्ट्रिय दिवस मानेर चलेको सत्ता गठबन्धन अहिलेसम्मको सुन्दर गठबन्धन भन्दै उनले कटाक्ष गरे।
पौडेलले सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठिक हो भन्ने लाग्छ भने सदनमा प्रस्तुत गरेर पारित गर्न चुनौती दिए। उनले फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै त्यस दिनलाई उत्सवको रुपमा मनाउन नसकिने बताए।
उनले अर्थतन्त्र चौतर्फी संकटमा रहेपनि संकट समाधानका लागि सम्पूर्णरूपले असफल रहेको तर्क गरे। उनले अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सरोकारवालाहरूलाई सहभागी गराएर महासम्मेलन गर्नुपर्नेमा उनले जोड दिए।







डिसी नेपाल








Facebook Comment