खेलकुदमन्त्री र रुसी राजदूतबीच भेट
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसँग नेपालका लागि रुसका राजदूत एलेस्की नोभिकोभले शिष्टाचार भेट गरेका छन् ।
खेलकुदमन्त्रीको कार्यकक्षमा भएको उक्त भेटमा आगामी मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।
राजदूत नोभिकोभले गेम्स अफ फ्युचरमा नेपालको सहभागिताबारे जानकारी चाहेको बताउँदै त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अतिथिका रूपमा स्वागत गर्न रुस इच्छुक रहेको जानकारी दिएको मन्त्री लिम्बूको निजी सचिवालयले जनाएको छ ।
खेलकुदमन्त्री लिम्बूले नेपाल–रुसबीचको लामो समयदेखिको सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै उक्त खेलमा सहभागी हुन सरकारसँग परामर्श गर्ने जानकारी उनले राजदूतलाई दिएका थिए।
आगामी वर्ष रुसको सोचीमा हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो ।







डिसी नेपाल








Facebook Comment