हमासको कब्जाबाट बिपिनलाई छुटाउन कुटनीतिक पहल पुगेन : कमल थापा
काठमाडौं। प्यालेस्टाइनी अतिबादी समूह हमासको कब्जामा रहेका बिपिन जोशीलाई छुटाउन कुटनीतिक पहलकदमी नपुगेको भन्दै सरकारको सर्बत्र आलोचना भइरहेको छ।
यसै सन्दर्भमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले परिबन्दले हमाशका कब्जामा रहेका जोशीलाई छुटाउनका लागि थप पहलकदमी गर्नु पर्नेमा जोड गरेका छन्।
‘इजरायली सरकारका अनुसार नेपाली बिद्यार्थी विपिन जोशी हमासको कब्जामा छन्, हमाससँग नेपालको दुस्मनी छैन, विपिन परिबन्दले कब्जामा परेका हुन्,’ थापाले भनेका छन्, ‘नेपाल सरकारले मध्यपुर्वका हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत कुटनीतिक प्रयास गरे विपिन छुटाउन सकिन्छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्दछु।’
उनले सरकारको क्षमतामाथी प्रश्न गर्दै अगाडि भनेका छन्, ‘यस्तो बेला हो, कुटनीतिक कौशल देखाउने।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment