संयुक्त राष्ट्रका विज्ञहरूले हमासको प्रचार दोहोर्याएको इजरायलको आरोप
काठमाडौं । इजरायलले संयुक्त राष्ट्र संघका विज्ञहरूले गाजाको अवस्थालाई लिएर चरमपन्थी संगठन हमासको प्रचार दोहोर्याएको आरोप लगाएको छ।
सात संयुक्त राष्ट्र-निर्देशित मानवअधिकार विशेषज्ञहरूले गाजाका नागरिकहरू ‘नरसंहार’ को जोखिममा रहेको र यसलाई रोक्नको लागि समय सकिन लागेको बताएका छन्। यो विशेष समूहले इजरायलले गाजा पट्टीलाई ‘नष्ट’ गर्ने योजना बनाएको आरोप लगाएको छ।
समूहले इजरायल र उसका सहयोगीहरूलाई तत्काल युद्धविरामको लागि अपील गरेको छ र हमासलाई बन्धक बनाएका सबैलाई रिहा गर्न आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजाको अवस्थाले भयावह मोड लिएको उल्लेख गरिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले भने कि यो ‘नरसंहार’ हो वा होइन भनेर संयुक्त राष्ट्रको न्यायिक निकायले मात्र निर्णय गर्न सक्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment