दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

डिसी नेपाल
१९ कार्तिक २०८० १३:०९
20
Shares

काठमाडौं। नेपाली कांग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएकाले बैठक सारिएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।

बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रुपमा लिँदै प्रभावितलाई तत्काल उद्धार, राहत र पुनसर््थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले राहत वितरणमा अनियमितता र पक्षपात हुन नदिन महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय गरेको छ।

समितिले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजिकरण गर्ने विश्वकर्माले जानकारी दिए।

बैठकले पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्न निर्णय गरेको छ । अपिल गरेसंगै कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गरेको विश्वकर्माले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *