राप्रपा नेपालको पोखरा सभा हुँदै

डिसी नेपाल
२४ कार्तिक २०८० ७:५६
24
Shares

पोखरा। राप्रपा नेपाल कास्कीद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ। उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन्।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमी निर्माण गर्न जिल्ला केन्द्रित भएको हो।

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्कीलगायतका नेताहरुले सम्बोधन गर्ने र विभिन्न ब्यक्तिहरु पार्टी प्रबेश गर्नेसमेत राप्रपा नेपाल कास्कीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *