चेतबहादुर बुढाथोकीको गीत ‘चाचरी’ सार्वजनिक (भिडियो)
काठमाडौं। चेतबहादुर बुढाथोकी र मनिषा घोरासैनीको स्वरमा रहेको गीत ‘चाचरी’ सार्वजनिक भएको छ।
चेतबहादुरकै लय शब्द र थेगो संकलन , रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
चेतबहादुरकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफर रहेको गीतको भिडियोमा शिला गजुरेल, मनिषा घोरासैनी र चेतबहादुर बुढाथोकीलाई फिचरिङ गरिएको छ।
दिनेश पराजुलीको छायाँकन रहेको भिडियोमा चेतबहादुरकै सम्पादन र कलर छ । गीतको भिडियो चेतबहादुर बुढाथोकीको अफिसियल युट्यव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
चेतबहादुरका धेरै गीत श्रोता,दर्शकमाझ लोकप्रिय रहेका छन्। आफ्ना अन्य गीतले जस्तै ‘चाचरी’ले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनी बताउँछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment