साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
काठमाडौं।सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहलाई पदमुक्त गर्न नेकपा (एमाले)ले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारवाही गर्न भनिएको छ।
एमालेले नगर प्रमुख साहले दल त्याग गरेकाले पद स्वतःरिक्त हुने भनेर निर्वाचन आयोगमा पत्रचार गरेपछि आयोगले गत असोज २९ साह पदमुक्त भएको निर्णय गरेको थियो। उक्त निर्णयविरूद्द साहले सर्वोच्च अदालत रिट निवेदन दायर गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment