भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध सरकार गम्भीर हुनुपर्छ : नेता खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्पीडितलाई समयमा नै राहत उपलव्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । उनले भविष्यमा हुने विपद्बाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने धारणा राखे ।
त्यस्तै खनालले राजतन्त्रको मुद्धा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गरे । जनताले फ्याकेका एजेण्डाहरु ताजा बन्न नसक्ने भन्दै उहाले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताए ।
उनले अहिले देशलाई हाक्नले शक्तिहरुले मुलुकको ज्वलन्त समस्याहरु समाधानका लागि गम्भीर हुनुपर्ने बताए ।







डिसी नेपाल








Facebook Comment