राष्ट्रिय सरकार गठन गर्नुपर्छ : एकनाथ ढकाल
काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेपालको वर्तमान जटिल परिस्थितिको सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन्।
‘खेल खेलाडीको, खेलाडी राष्ट्रको’ भन्ने मुल नाराका साथ शुभ-दिपावाली, नेपाल संबत, छठ पर्वको शुभ उपलक्ष्यमा गोदावारी नगरपालिका-११, चाँपागाउँ डबलीमा आयोजित बृहत रक्तदान तथा चियापान समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेता ढकालले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउनु पर्ने बताएका हुन्।
शुभकामना दिँदै ढकालले युबाहरु सकारात्मक र रचनात्मक कार्यमा संगठित हुनुपर्छ भनु। प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले जाजरकोट भूकम्पको विपद समाधानको लागि सिंगो देश एकजुट हुनुपर्छ भने।
नेता ढकालले शुभ-दिपावाली, नेपाल संबत ११४४ र छठ पर्वको शुभकामना दिँदै सम्पूर्ण नेपालीको सुख, शान्ति र संमृद्धिको कामना समेत गरे।
बज्रबराही मुवाँथाई क्लव र लाइन्स अफ काठमाडौं दर्शनले आयोजना गरेको कार्यक्रममा रक्तदान गर्नेहरुलाई पूर्व मन्त्रि ढकालले प्रसंसा पत्र वितरण गरेका थिए। कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, लाइन्स अफ काठमाडौं दर्शनको अध्यक्ष प्रतिभा सिंह ठकुरी, नेपाल परिवार दलका उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महामन्त्री द्वय सन्तोष पौडेल र प्रकाश बाबु थापा लगाएतको उपस्थिति रहेको थियो।







डिसी नेपाल








Facebook Comment