अध्यक्ष तिमिल्सिनासँग सचिव वाङको शिष्टाचार भेट, ल्हासा सांघाईबाट पोखरा उडान गर्न आग्रह

डिसी नेपाल
२८ कार्तिक २०८० ९:२८
32
Shares

काठमडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव माननीय वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङले अध्यक्ष तिमिल्सिनाको सिंहदरबार स्थित कार्यकक्षमा बिहीबार दिउँसो शिष्टाचार भेट गरेका छन। भकरिब एक घण्टा भन्दा लामो भेटमा दुई देशका बिचमा आपसी सम्बन्ध, सहकार्य र हितका बिषयमा कुराकानी भएका छन्।

अध्यक्ष तिमिल्सिनाले भेटमा नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिएको कुरामा जोड दिए। उनले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए।

‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ। यस प्रतिबद्धताले समयको परीक्षाको सामना गरिसकेको छ। एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव पार्दैन।’ उनले भने, ‘हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता फेरी पनि दोहोर्‍याउन चाहन्छौँ।’

यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणको क्रममा राष्ट्रिय जन-कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनैतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङ संग भएको भेटको स्मरण पनि गरे।

उनीसँग सचिव वाङले पनि शिष्टाचार भेटघाट गरेका थिए। उनले आफ्नो भ्रमणका क्रममा सिमा नाका सञ्चालन गर्न र नेपालमा उत्पादित घाँस तिब्बत निकासीका लागि गरिएको आग्रह तत्काल कार्यान्वयन भएकोमा धन्यबाद दिँदै सुन्तला जातका फलफूलको निकासी गर्ने वातावरण बनाउन तथा चीनको सहयोगमा बनेको पोखरा विमानस्थलमा तिब्बतको राजधानी ल्हासा र साँंघाईबाट सिधा उडान गर्न आग्रह पनि गरे।

यसले पर्यटन र ब्यबसाय प्रर्बद्धनमा सहयोग पुग्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा जलबिधुत, कृषि उत्पादन, फर्निचर उत्पादन लगायतका उद्योगमा लगानी गर्न चिनियाँ ब्यबसायीहरु इच्छुक देखिएकाले त्यससका लागि वातावरण बनाउन दुबै देशले पहल गर्ने बिश्वास ब्यक्त गरे।

हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्प प्रभावितका लागि चीनले पु¥याएको सहयोगका लागि धन्यबाद समेत दिए।
सो अवसरमा सिपिसिका तिब्बत सचिब जुनझेङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पूननिर्माणको काममा चीनले सहयोग पुर्‍याउने प्रतिबद्धता पनि जनाए।

उनले नेपालमा भूकम्प जाँदा त्यसै भौगोलिक अवस्थिति भएको तिब्बत पनि प्रभावित हुने बताउँदै नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएका छन् भने। उनले तिब्बत सरकारले पनि पुननिर्माण र राहतमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए। ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएकाले छिट्टै ल्हासा काठमाडौं उडान सञ्चालन हुने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.