पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाँदै
फाइल फाेटाे।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते शनिबार झापा जाने भएका छन् ।
बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्।
शाहका संवाद सचिव फणिराज पाठकले आज एक सूचना जारी गर्दै मंसिर ९ गते कलेज प्राङ्गणमा बनेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको जनाएका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment