अमेरिकी नौ सेनाको बिमान समुद्रमा डुब्यो
वासिंगटन डिसी। अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ।
विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुद्रमा डुबेको छ।
घाइते सबैलाई सामान्य चोट लागेको छ। उनीहरु आफैं पौडी खेलेर किनारमा पुगेका हुन्। यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने – यो सैन्य निगरानीको लागि प्रयोग गरिएको टोही विमान हो। उक्त विमानको नाम बोइङ पी८ पोसाइडन हो।
पी-८ पोसाइडन प्रायः पनडुब्बीहरू निगरानी र आक्रमण गर्न प्रयोग गरिन्छ। यस बाहेक यो टोही र गुप्तचर जानकारी सङ्कलनमा पनि प्रयोग गरिन्छ। यो विमान बोइङले निर्माण गरेको हो।
पी-८ पोसाइडन विमानका धेरै भेरियन्टहरू छन्, प्रत्येक भेरियन्ट बोइङ डिफेन्स, स्पेस र सेक्युरिटीले विकास गरेको हो। पी८ पोसाइडन विमानको औसत मूल्य १५० मिलियन डलर छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment