हमासका अधिकारीले इजरायलसँगको सम्झौता निकै नजिक भएको बताए

डिसी नेपाल
५ मंसिर २०८० १२:४०
996
Shares

काठमाडौं । पछिल्लो पटक केही त्यस्ता रिपोर्टहरू बाहिर आइरहेका छन् जसमा हमासका अधिकारीहरू इजरायलसँग सम्झौताको नजिक पुगेको बताइएको छ।

दुवै पक्षबीच कतारमा वार्ता भइरहेको र त्यसमा कतारले मध्यस्थता गरिरहेको छ ।

समाचार एजेन्सीहरू र प्यालेस्टिनी मिडियाका अनुसार हमास नेता इस्माइल हानियाले भनेका छन्, “हामीले कतार मार्फत हाम्रो प्रतिक्रिया दिएका छौं, र हामी युद्धविराम सम्झौतामा पुग्न नजिक छौं”।

यसबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली बन्धकसम्बन्धी सम्झौता पूरा हुन नजिकै रहेको संकेत गर्दै उक्त सम्झौतामा हमासले इजरायलको आक्रमण रोक्नुको बदलामा केही बन्धकहरूलाई रिहा गर्न सक्ने बताए।

राष्ट्रपति बाइडेनले थ्यान्क्सगिभिङ समारोहमा यस्तो बताएका हुन् । एक रिपोर्टरले यसबारे सोधेको प्रश्नको जवाफमा बाइडेनले भने, “म पनि विश्वास गर्दछु।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *