कानूनको अभावमा जनताको मौलिक हक अधिकार पूर्ण रुपमा स्थापित हुन सकेन : देउवा

डिसी नेपाल
५ मंसिर २०८० १७:२५
48
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कानूनको अभावमा जनताको मौलिक हक अधिकार पूर्ण रुपमा स्थापित हुन नसकेको बताएका छन् ।

नेपाल ड्रेमोक्रटिक लयर्स एशोसिएशन(डिएलए नेपाल)को ३४ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानूनको अभावमा उक्त हक अधिकार पूर्ण रुपमा स्थापित हुन नसकेको बताएका हुन् ।

उनले संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानून बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे । देउवाले अहिलेको व्यवस्थामाथि केहिले प्रश्न गर्न थालेको भन्दै सवै मिलेर यसको उचित जवाफ दिनुपर्ने जिकिर गरे । संविधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरुले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उनले बताए ।

सभापति देउवाले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरि छिटो छरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले सुशासन र विधिको शासन स्थापित गर्न स्वच्छ निष्पक्ष न्यायापालिका आवश्यक हुने बताए । कार्यक्रममा डिएलए नेपाल आवद्ध वकिलहरुलाई सम्मान गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *