उपरथी पाण्डेको राजीनामा स्वीकृत
काठमाडौं। सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।
त्यस्तै बैठकले ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा पनि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गठन भएको आयोगको माग बमोजिम ४ जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।
बैठकले विद्युत सुशासन आयोगको सदस्य पदमा पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment