लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’को फर्स्टलुक सार्वजनिक
काठमाडौं। पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको उक्त चलचित्रको फर्स्टलुक पोस्टर अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको छ।
रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत अभिनेत्री मलिकाको गलामाम जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेको पोस्टरमा देखिन्छ।
उक्त चलचित्रमा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ।
दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पाश्र्व संगीत रहेको छ। उक्त चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment