प्रचण्ड र ओलीको घर घेर्छौं : दुर्गा प्रसाईं
काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन्। हिजोदेखि ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन्।
‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईंले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ।’ उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन्। ‘आज यो आन्दोलनमा तपाईंहरु आउनु भएन भने भोलि तपाईहरुको धनीपुर्जा पनि हुन्न।’
उनले पूर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको पनि बताएका छन्। भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएए।
‘म लहानमा हुँदा काठमाडौंको सिडियो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोलिदेखि तीनकुनेमा गर्छौं भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईंले भने। उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पूर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment