अनमोल केसीकाे ‘फर्की फर्की’ शुभसाइत सम्पन्न

डिसी नेपाल
८ मंसिर २०८० ११:५३
764
Shares

काठमाडाैं। नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’ शुभसाइत सम्पन्न भएको छ।

ललितपुरको बंगलामुखी माई मन्दिरमा आज बिहानै फिल्मको शुभसाइत गरिएको हो।

फिल्मको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ। यो फिल्मलाई आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ।

यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन्। फिल्ममा सुयोग गुरुङको निर्देशन रहनेछ। फिल्ममा मनोज वली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन्। यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन्।

फिल्ममा अनमोल र जसिताको साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ। यस्तै यो फिल्ममा रवि काफ्ले र समृद्धी अर्यालले फिल्म क्षेत्रमा नायक-नायिकाको रुपमा डेब्यू गर्दैछन्।

फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भैसकेको छ।

फिल्म ‘फर्की फर्की’मा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । फिल्ममा काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ।

फिल्मको शुभसाइत समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे।

पत्रकारहरुसँग कुरा गर्दै नायक अनमोल केसीले भने-‘फिल्म भनेको टेबलमा बन्छ । यो फिल्म पनि टेबलमै तयार भैसकेको छ । दर्शकले लभ स्टोरी फिल्ममा एउटा नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो।’

यस्तै, नायिका जसिता गुरुङले एउटा उत्कृष्ट लभ स्टोरी फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन्। उनले, अनमोल केसीसँग बल्ल जोडी जम्न लागेको भन्दै दर्शकले थुप्रै सरप्राइज पाउने बताइन् । फिल्मका निर्माता रोहित अधिकारीले एउटा ठूलो क्यानभासमा उत्कृष्ट लभ स्टोरी फिल्म बनाउने बताए।

यस्तै, फिल्मका निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’को कथाले दर्शकलाई लभ स्टोरी फिल्ममा नै नयाँ स्वाद दिने तर्क गरे । फिल्मका नव कलाकारद्वय रवि र समृद्धीले पनि एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा उत्साह व्यक्त गरेका थिए। निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मको छायांकन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *