दुर्गा प्रसाईंका समर्थकमाथि भएको प्रहरी धरपकडप्रति कमल थापाको आपत्ति
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको धरपकड प्रति आपत्ति जनाएका छन्।
मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरे पछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन ।
‘शान्तिपूर्ण विरोध प्रदर्शन,जुलुस र सभा गर्नपाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाण्डौमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भत्सर्ना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘प्रशासनिक दमनबाट होईन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनु पर्छ ।’
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
एेक्यबद्धता