राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न कमल थापाको आग्रह
काठमाडाैं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्व राजा ज्ञानेन्द्र शाहको आलोचना गर्नेप्रति आक्रोश ब्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले राजा प्रति गरेको सार्बजनिक टिप्पणी प्रति उनले आक्रोश ब्यक्त गरेका हुन्।
थापाले राजसंस्थाप्रति देखिएको जनमतको कदर गर्न पनि अनुरोध गरेका छन्।
`प्रचण्ड, ओली, गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ-राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्,` उनले भनेका छन, `उनीहरु साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ। अन्यथा, समयले उनीहरुलाई पछाडी छोड्नेछ।´







डिसी नेपाल








Facebook Comment