आयुर्वेदको क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्छ : मन्त्री बस्नेत

डिसी नेपाल
१० मंसिर २०८० १४:१६
44
Shares

काठमाडाैं। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्ने बताएका छन्।

आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जटिबुटिको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्ने बताएका हुन्।

उनले भारत र चीनमा आयुर्वेदको क्षेत्रमा भएको बिकासबाट नेपालले पनि फाइदा लिन सक्ने भन्दै यस क्षेत्रको बिकासका लागि राज्यले आवश्यक सहयोग गर्ने बताए।

त्यस्तै मन्त्री बस्नेतले मेडिकल शिक्षाको बिकासमा मन्त्रालयको ध्यान केन्द्रीत रहेको र यसले देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन जनाए।

मुलुकका तीन सय शय्यामाथिका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने गरि आवश्यक कानून परिमार्जनको तयारीमा रहेको उनको भनाइ छ।

त्यस्तै मन्त्री बस्नेतले स्वास्थ्यकर्मीको अभाव हुन नदिन आवश्यक दरवन्दी सिर्जना गरेर त्यसलाई परिपूर्ति गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *