राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

डिसी नेपाल
११ मंसिर २०८० ७:१४
20
Shares

काठमाडौं। राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान आठ बजे बस्नेछ।

पछिल्लो राजनितीक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, ब्यबस्था र नेतृत्व तह प्रती देखिएको जनताको बितृष्णा र आक्रोश , मुलुकको अबस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ।

अध्यक्ष कमल थापाले पार्टीले अबलम्बन गर्ने निति, सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए।

मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले बिरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापुर्बक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए।

केही दल र नेताहरुले राजाको बिरोध गरेकोमा थापाले असन्तुष्टि ब्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.