शाहरुखले खोले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

डिसी नेपाल
११ मंसिर २०८० ८:३९
196
Shares

मुम्बइ। शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन्।

शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ। सुपरस्टार खानले अक्षय कुमारसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए र त्यसको कारण भने निकै रमाइलो थियो। उनले अक्षय कुमार बाहेक अरु कसैको कुरा गरेका थिएनन्।

एक अन्तर्वार्तामा जब पठान अभिनेतालाई अक्षयसँग थप फिल्म गर्ने हो कि? भनेनेर सोधिएको थियो, उनले भने, ‘यसमा म के भन्न सक्छु? म त्यति चाँडो उठ्दिन, अक्षय ब्युझिएपछि बल्ल म सुत्न जान्छु।’

किंग खानले थप भने-‘अक्षयको दिन चाँडै सुरु हुन्छ । जब म काम सुरु गर्छु, अक्षय प्याक गरेर घर गइसकेको हुन्छन । त्यसैले उसले धेरै घण्टा काम गर्न सक्छ। न त म जस्तै धेरैलाई रातमा सुटिङ गर्ने मन छ।’

शाहरुखले भने, ‘यदि उनी र अक्षय फिल्मका लागि सँगै आए भने सेटमा कहिल्यै भेट्ने छैनन्’, उनले हाँस्दै भने, ‘उनी सुटिङ सकाएर घर फर्किदा म भने बल्ल सेटमा पुग्दै गरेको हुन्छु।’
अक्षय कुमारको बारेमा कुरा गर्दै अभिनेताले भने, ‘म अक्षय र उनले जस्तै काम गर्न चाहन्छु तर हाम्रो समय नै मिल्दैन।’

अक्षय कुमार र शाहरुख खानले सन् १९९७ मा यश चोपडाको फिल्म ‘दिल तो पागल है’ मा सँगै काम गरेका थिए। जुन सुपरडुपर हिट भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *