७ एसपीमा बढुवाका लागि डिएसपीहरूको प्रतिस्पर्धा

निर्मला हत्या प्रकरणमा निलम्बित अंगुर जोशी पनि दावेदार

डिसी नेपाल
११ मंसिर २०८० १०:०४
1.2k
Shares

काठमाडौं। प्रहरी प्रधानकार्यालयले प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापन समेत भइसकेपछि अब प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपी बढुवाको बाटो खुलेको छ।

डिएसपीबाट एसपी बढुवाको लाथि बाटो खुुलेपनि एक सातापछि मात्रै सिफारिस हुने संभावना रहेको छ। प्रहरी महानीरिक्षक बसन्त कुँवर इन्टरपोलको महासभामा भाग लिन गएका कारण केही दिन ढिला हुुने संभावना रहेको छ।

बढुवाका लागि २०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन्। बढुवा समितिले आइजीपी स्वदेश फर्केपछि डीएसपीबाट एसपी बढुवाको तयारी गरेको छ।

यसअघि २ एसपीको पद रिक्त थियो। तर केही दिनअघि मात्रै ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन्। रिक्त रहेको ७ एसपीको पदमा बढुवा हुने अहिले डिएसपीहरु प्रतिस्पर्धामा रहेका छन्।

जसअनुसार अघिल्लो बढुवामा छुटेका र यसपटक बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन्। त्यसैगरी दास्रो नम्बरमा अंगुर जिसी, तेस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन्।

त्यसैगरी क्रमश यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निन्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन्। उनीहरु सबै जना २०७२ भदौमा डीएसपी बनेका थिए। गृहमन्त्रालयले पनि उनीहरुको बढुवाको लागि सहमति दिइसकेको स्रोतको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.