एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै

डिसी नेपाल
१२ मंसिर २०८० ९:३९
36
Shares

काठमाडौं। प्रेस चौतारीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ। दार्चुला जिल्लामा आजदेखि सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ।

सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चाैतारीका केन्द्रीय सदस्य पुगिसकेका छन्।

नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रीय समिति बैठक बोलाएको हो। सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *