‘तिमी आईदेउ’ मा रोमान्टिक देखिए दिपक र कुशुम (भिडियो)

डिसी नेपाल
१२ मंसिर २०८० १२:००
128
Shares

काठमाडौं। गायक दिपक भुजेलले आफ्नो नयाँ सांगीतिक सौगात ‘तिमी आइदेउ’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलको रहेको छ। गायक भुजेलका अनुसार यस गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न गरिएको हो। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक भुजेल र कुशुम शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। केशब राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायक भुजेलको जन्मदिनको शुभ अवसर पारेर गायक भुजेलको च्यानल ‘दिपक भुजेल अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो। गायक भुजेलले सम्पूर्ण दर्शक स्रोतालाई भिडियो सुनेर, हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *