‘रङ्गेली’मा भगवान् दादा बने अर्पण, क्यारेक्टर पोस्टर सार्वजनिक

डिसी नेपाल
१२ मंसिर २०८० १३:०३
100
Shares

काठमाडौं। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।

अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो। यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो।

‘रङ्गेली’मा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए। सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ र मिरुनाको प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ।

यो चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ। यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन्। छायाकार सुशन प्रजापति हुन्।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *