लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार
भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो ।
चालु आवभित्रै लगानी सम्मेलन आयोजना गर्नेगरी सरकारले वार्षिक कार्यक्रम तर्जुमा गरेको आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले बताए । “हामी यही वर्षभित्र लगानी सम्मेलन गर्ने तयारीमा लागेका छौँ”, मन्त्री सिंहले भने, “हाम्रो वार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ ।”
कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले योजना बनाएको बताउँदै मन्त्री सिंहले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने बताए । “कर्णालीका लागि उपयुक्त हुने खालका उद्योग स्थापना गर्ने र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशको अथाह स्रोतको उचित प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउन कार्ययोजना बनाएका छौँ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment