आयुष्मानको ‘के यो माया हो’मा शिल्पा थापा ( भिडियो )

डिसी नेपाल
१७ मंसिर २०८० १०:४८
80
Shares

काठमाडौं। गायक आयुष्मान बिष्टले आफ्नो नयाँ सांगीतिक सौगात ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ। पुष्पान्जली थापा बिष्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो।

वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक बिष्टले ‘मेरो कलिलो मन’ गीत बाट आफ्नो संगीतको यात्रालाई औपचारिकता दिएका थिए। वरिष्ठ गायक जगत मर्दन थापाको ‘माया लुकाइ लुक्दैन’ एल्बमको बिमोचन कार्यक्रममा गायक तथा गितारिस्टको रुपमा प्रस्तुत भएका उनले गोपाल योन्जनको ७४औ जन्म जयन्तीको अवसरमा बिस २०७३सालमा ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए।

२०७४ सालको कार्यक्रममा चेतन कार्कीको ‘कान्छी हे कान्छी’ गीतमा वान्स मोर प्रस्तुति दिएर उनले दर्शक स्रोताको मन जितेका थिए। बरिष्ठ गायक जगत मर्दन थापाको ‘म मक्किएको धुरी खाबो’ गिती एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुपमा धमकादार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भएका गायक बिष्टले सानै उमेरमा प्रतिष्ठित गायकहरुसग स्टेज सेयर गरिसकेका छन्। यसअघि गायक बिष्टको ‘पोखरेली नानी’ दर्शक स्रोता माझ लोकप्रिय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *