अबिराजको डेब्यु म्युजिक भिडियो ‘सुनिदेउ न'(भिडियो)
काठमाडौं।अबिराज लकान्द्री र सुम्निमा राना बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘सुनिदेउ न’ म्युजिक सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक अबिराज लकान्द्रीको रहेको छ। गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो।

भिडियोमा आदेश गहतराज लगायत अन्य कलाकारहरुको समेत अभिनय रहेको छ। प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।

शान्ति तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गायकको आफ्नै च्यानल ‘अबिराज’ मार्फत सार्वजनिक भएको हो। गायक लकान्द्रीको यो डेब्यु म्युजिक भिडियो हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment