इजरायलले युद्धविरामका वार्ताकारहरूलाई कतारबाट फर्किन आदेश दियो

डिसी नेपाल
१७ मंसिर २०८० १३:२७
504
Shares

काठमाडौं । युद्धविराम वार्ता गतिरोधमा पुगेपछि इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छोड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “मोसाद प्रमुख डेभिड बर्नियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशनमा आफ्नो टोलीलाई कतारबाट इजरायल फर्कन भनेका छन्।”

यसमा भनिएको छ, “आतंकवादी संगठन हमासले सम्झौताको आफ्नो अंश पूरा गरेको छैन। यसमा हमासलाई दिइएको सूची अनुसार सबै बालबालिका र महिलाको रिहाइ सुनिश्चित गर्ने कुरा पनि समावेश छ।”

कतारले हमास र इजरायलबीच युद्ध सुरु भएदेखि नै मध्यस्थता गर्दै आएको छ । हालसालै, यसले एक हप्ता लामो अस्थायी युद्धविराम, यसको दुई पटक विस्तार र उक्त अवधिमा बन्धकहरूको रिहाईमा महत्त्वपूर्ण भूमिका खेलेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *