भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु
तेलंगाना। भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ।
यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो। भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ।
विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन्। पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो।
विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। उनीहरु बाहेक अरु कसैको ज्यान गएको छैन न त कुनै किसिमको भौतिक क्षति भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment