नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको मिति तय गरिने

डिसी नेपाल
१९ मंसिर २०८० ६:४३
28
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज पनि बस्दैछ। आलोकनगर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ।

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझै टुंगो लागेको छैन, सम्भवतः आज बस्ने बैठकले सो बारेमा टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

साथै, बैठकमा अन्तर पार्टी निर्देशनको बिबाद र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेका छन्।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेशन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाइएको छ।

तर, महाधिवेशनको मिति सारे पनि एक दुई हप्तामात्रै सार्नु पर्ने सम्मानित नेता झलनाथ खनालको तर्क छ भने नेपालले कम्तिमा १–२ महिना नै सार्नु पर्ने प्रस्ताब गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *