परराष्ट्र सचिवबाट पौड्यालले लिए अवकाश, निमित्तमा सेवा लम्साल

डिसी नेपाल
२० मंसिर २०८० ८:२१
76
Shares

काठमाडौं। परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन्।

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ ।

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन्। सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *