निर्वाचन प्रणालीलाई सामयिक बनाउन आवश्यक : परराष्ट्रमन्त्री साउद

डिसी नेपाल
२० मंसिर २०८० १४:०१
28
Shares

काठमाडाैं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताएका छन्।

निर्वाचन आयोग र एसियन नेटवर्क फर फ्रि इलेक्सनको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउनका साथै निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताएका छन्।

उनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न सरकार तयार रहेको बताए। उनले नेपालमा स्वायत्त निर्वाचन आयोग र यसले समयसापेक्ष आफुलाई परिवर्तन गर्दै बिभिन्न निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको बताए।

त्यस्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई प्रभावकारी बनाउनका लागि सवैको सुझाव आवश्यक रहेको बताए। निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धतामा उनले जोड दिए।

सम्मेलनमा एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न हुने आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *