एनसेलको शेयर खरिदबिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

डिसी नेपाल
२० मंसिर २०८० १७:३५
8
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी बिषयमा समितिलाई जानकारी गराएका थिए । छलफलपछि यस विषयमा समग्र कागजात मगाउने निर्णय गरिएको सभापति चालिसले बताए ।

मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *