पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र

डिसी नेपाल
२३ मंसिर २०८० २२:४१
28
Shares

काठमाडौं । पशुपति क्षेत्र पहिलेको तुलनामा सफा हुँदै गएको छ । वाग्मती सफाइ महाअभियानको ५५२औँ हप्ताको सफाइका क्रममा यस्तो देखिएको अभियानकर्मीले जनाएका छन् ।

महाअभियानको ५५२औँ हप्ताको कार्यक्रम आज पशुपति क्षेत्रको भष्मेश्वर घाट र पारिको राम मन्दिर क्षेत्रमा गर्दा सफाइको अवस्था पहिलेको तुलनामा राम्रो देखिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

पशुपति क्षेत्रमा आज भएको सफाइबाट शून्य दशमलव ७५ प्रतिशत नकुहिने फोहर व्यवस्थापन गरिएको उनले जानकारी दिए । विगत ११ वर्षदेखि गरिँदै आएको वाग्मती सफाइको क्रममा पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन गर्न ठूलो समस्या भोग्नुपरेको महाअभियानको अनुभव थियो ।

कोषले घाटमा निस्कने फोहरलाई व्यवस्थापन गर्न फलामको रेलिङ्ग राखी सिधै वाग्मती नदीमा बगाउन निरुत्साहित गरिएको छ । नदीलाई दुषित हुनबाट जोगाउन कोषले गरेको कामको महाअभियानले प्रशंसा गरेको छ ।

सफाइमा पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पूर्वअध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालगायत कर्मचारी, कोषका कर्मचारी, तिलगङ्गा महिला समूह, स्थानीयवासी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, स्थानीय समाजसेवी एवं वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *